बर्दघाटमा घरेलु हिंसा तथा छुवाछुत विरुद्ध जनचेतनामुलक तालिम


नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बर्दघाट १२ भटवलियाको आयोजनामा घरेलु हिंसा तथा छुवाछुत विरुद्ध जनचेतनामुलक तालिम शनिबार भटवलियामा भएको छ ।
पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष सुरज केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।




कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएकी बर्दघाट नगरपालिका उपप्रमसख माया देवी पौडेलले घरेलु हिंसा तथा छुवाछुत जस्ता समाजिक विकृतीलाई जनचेतनामुलक कार्यक्रम मार्फत न्युनिकरण गर्न सकिने बताए ।
कार्यक्रममा बर्दघाट वडा न्म्बर १२ का वडाध्यक्ष मान बहादुर मल्ल, वडा सदस्य गजेन्द्र बहादुर गिरि, विजत बहादुर कोहार लगायतले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालक गोपाल सिंह आलेले जानकारी दिए ।



सम्बन्धित
Loading...