नवलपरासीमा लागु औषध सहित ४ जना पक्राउ


नवलपरासी प्रहरीले पश्चिम नवलपरासीकाा विभिन्न स्थानबाट लागूऔषध सहित चार जनालाई नियन्त्रणमा लिएकाे छ ।



जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी विरेन्द्र थापाका अनुसार सीमा प्रहरी चाैकी महेशपुरबाट खटेकाे टाेलीले पाल्ही नन्दन गाउँपालिका १ महेषपुरमा चेकजाँचकाे क्रममा बर्दघाट १२ का ४० बर्षीय कमलप्रसाद आचार्यलाई पक्राउ गरेकाे हाे।

उनकाे साथबाट नाईट्राेभेट ८ ट्याब्लेट बरामद गरेकाे छ।




त्यसैगरी प्रहरी चाैकी गर्मीबाट खटेकाे प्रहरी टाेलीले पाल्हीनन्दन गाउँपालिका ५ चमनटाेलामा चेकजाँच गर्ने क्रममा सुनवल नगरपालिका बनाहा बस्ने २७ बर्षीय हरि थापालाई लागुऔषध सहित पक्राउ गरेकाे छ ।

प्रहरीले उनकाे साथबाट फेनारगन ४ एम्पुल, डाईजाेपाम ४ एम्पुल र स्पास्माे ३२ क्याप्सुल लागुऔषध फेला परेको जनाएकाे छ ।

त्यसैगरी जिल्ला प्रहरीकाे गस्ती टाेलीले नवलपरासीकाे
रामग्राम नगरपालिका १२ रानीपाकडबाट लागुुुुऔषध सहित रूपन्देेहीका दुुई जनालाई नियन्त्रणमा लिएकाेे छ ।

नवलपरासी प्रहरीले रूपन्देहीको रूद्रपुर ६ बस्ने १८ बर्षीय दीपक गाेसाई र साेही ठाउँका १६ बर्षीय कमल गाेसाईलाई डाईजोपाम २५ एम्पुल, नुफिन २५ एम्पुल र फेनरागन २५ एम्पुल लागुऔषध सहित पक्राउ गरेकाे जनाएकाे छ ।



सम्बन्धित
Loading...