विप्लवका कोसी ब्यूरो सदस्यले गरे पार्टी परित्याग


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोसी ब्यूरो सदस्य तथा युवा संगठनका केन्द्रीय अध्यक्ष बाबुराम किराती ‘विवश’ले पार्टी परित्याग गरेको छन्। किरातीले एक विज्ञप्ति जारी गर्दे पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।



‘वास्तविक धरातलमा उभिनु आफ्नो अवस्थाको पहिचान गर्नु र त्यसको आधारमा नै जीवनको अर्थ खोज्नुले महत राख्छ। निश्चय नै समुन्नत समाज निमार्णका निम्ति म आफूबाट खेलिएको भूमिका र गरिएको योगदानमा कसैको दुई मत छैन, अझ दश वर्षे ‘जनयुद्ध’ सशस्त्र संघर्षका क्रममा गम्भीर घाइते भएको घटना झनै स्मरणयोग्य छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।




किरातीलाई प्रहरीले सदरमुकाम खाँदबारी–७ नयाँ बजार मोलपोत कार्यालय नजिककैबाट असार ६ गते पक्राउ गरेको थियो। किरातीलाई प्रहरीले केही दिन संखुवासभा राखेर सुनसरी पुर्‍याएर केही दिनअघि रिहा भएका थिए।

किराती तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे युद्ध मार्चामा सहभागी हुँदा टाउँकोमा गोली लागेर घाइते भएका थिए। नियमित रुपमा औषधि सेवन गर्न चिकित्सकले सल्लाह दिएका कारण पनि पार्टी छोड्नु पर्न भएको किरातीले बताए।

 



सम्बन्धित
Loading...