एम्नेस्टी समूह ४० काे कावासोतीमा र्याली


घनश्याम बगाले




कावासोती २ साउन ।
एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह ४० कावासोतीले बुधबार अन्तराष्टिय न्याय दिवश मनाएको छ ।
स्थानीय फलफूल चोकमा नेपाल सरकारसंग रोम विधान अनुमोदनको माग गर्दै सडक प्रदर्शन सहित सो दिवश मनाईएको हो ।
न्याय दिवश मनाउने क्रममा मानवअधिकारकर्मी, कानुनब्यवसायी, शिक्षक, पत्रकार, समाजसेवी, उद्योग ब्यवसायी, स्वास्थ्यकर्मी लगायत सर्वसाधरणको सहभागिता रहेको थियो ।
हरेक वर्ष जुलाई १७ का दिन मानवअधिकारबादी संघसंस्थाद्वारा विश्वभर न्याय दिवश मनाउने प्रचलन रहेका छ । अन्तराष्टिय फौजदारी न्यायको प्रवर्धनका लागि यो दिवश मनाउने गरिन्छ ।




सम्बन्धित
Loading...