जीवन ज्योति माविमा एसईई उत्तीर्ण विद्यार्थीलाई अभिमुखीकरण तथा बधाई कार्यक्रम


कावासोती, २ साउन । नवलपरासीको कावासोती नगरपालिका ३ जीवन ज्योति माविबाट एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई विहीबार बधाई तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।




विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक पदमराज कोइराला, शिक्षकहरु भानु चापागाई, पिताम्बर दाहाल लगायतले विद्यार्थीहरुलाई अभिमुखीकरण गरेका थिए ।


कार्यक्रममा विद्यार्थी, शिक्षक एवम् अभिभावकहरुको सहभागिता रहेको थियो ।






सम्बन्धित
Loading...