नेपाल पत्रकार महासंघ नवलपुर र आन्दोलतरत पेशागत संगठन बीच सहमति (पूर्ण पाठ सहित)


नवलपरासी । नेपाल पत्रकार महासंघ नवलपुर र आन्दोलनरत पेशागत संगठनबीच विभिन्न सहमति भएको छ । सहमति पछि नेपाल पत्रकार महासंघ नवलपुरमा लागेको ताला खुलेको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरका तर्फबाट अध्यक्ष होमराज रानाभाट, उपाध्यक्ष श्रीराम सिग्देल, सचिव प्रेम न्यौपाने, कोषाध्यक्ष ईश्वरी चापागाई र आन्दोलनरत पेशागत संगठनहरुको तर्फबाट क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनी, प्रेस चौतारी नेपाल नवलपुरका अध्यक्ष हिमालदेव पंगेनी र प्रेस सेन्टरका हरिषचन्द्र पोख्रेलका साथै प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली छलफलमा सहभागी थिए ।
छलफल पछि आर्थिक पारदर्शिताका विषय, पेशागत संगठनहरुको सहभागिता, नयाँ सदस्यता, सदस्यता शुद्धिकरण लगायतका विषयमा छलफल भएको वैठकमा सहभागी क्रान्तिकारी पत्रकार महासंघ नवलुरका अध्यक्ष लोकनाथ पंगेनीले बताए ।
वैठकमा भएको छ बुदे सहमति अनुसार १५ दिन भित्र लेखापरीक्षण गरी आयव्यस सार्वजनिक गर्ने, नयाँ सदस्यताको लागि समय सकिएकोले केन्द्रमा आग्रह गरी अनुमति प्राप्त भएको मितिले ७ दिनका लागि सदस्यता खोल्ने, सम्पूर्ण पेशागत संगठनहरुको सहभागितामा सदस्यता शुद्धिकरण गर्ने, महासंघको कुनै पनि महत्वपूर्ण निर्णय लिंदा संगठनका अध्यक्षहरुसँग आवश्यक परामर्श गरी निर्णय लिने, नयाँ सदस्यता सिफारिस गर्दा पेशागत संगठनका अध्यक्षहरुसँग बसेर गर्ने लगायतका सहमति भएको हरिषचन्द्र पोख्रेलले बताए ।



सहमतिको पूर्ण पाठ






सम्बन्धित
Loading...