लोकसेवा आयोगको विज्ञापन समानुपातिक नभएको भन्दै देजमोको प्रदर्शन


काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले विषादीयुक्त तरकारी, लोकसेवा आयोगको समावेशीकरण र बाढीपहिरो पीडितहरुलाई तत्काल उद्दार लगायतका विषयमा विरोध प्रदर्शन गरेको छ ।



वर्तमान ओली सरकारले भारत लगायतका देशबाट भित्रिने विषादीयुक्त तरकारीमा विषादी परीक्षण नगर्ने भनी गरिएको निर्णय राष्ट्रघाती रहेको भन्दै मोर्चाले विरोध गर्दै आएको थियो ।




त्यसैगरी भुकम्प पीडितहरुको उद्धार र राहतमा सरकारले उदासिनता देखाएको भन्दै मोर्चाले विरोध जनाएको छ भने संविधानकै बर्खिलाप हुने गरी लोकसेवा आयोगलाई गैरसमावेशीकरण गर्ने गरी जारी भएको विज्ञापन खारेजीको समेत माग गर्दै मोर्चाले विरोध गरेको छ । मोर्चाले सडकमा उत्रिएर सरकारको राष्ट्रघाती तथा जनघाती निर्णयहरुको विरोध गरेको हो ।

लोकसेवा परीक्षा बिथाल्ने चार जना पक्राउ

मोर्चाको ३ नं. प्रदेशको आयोजनामा आज रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको विरोध ¥याली तथा प्रदर्शन पुरानो बसपार्क, सुन्दधरा, नेपाल वायुसेवा निगम, न्यूरोड, विशालबजार हुँदै असन इन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो । विरोध ¥यालीमा विषादीयुक्त तरकारी बन्द गर, लोकसेवा आयोगलाई समावेशीकरण गर, बाढी, पहिरो तथा डुबान पीडितको अविलम्ब उद्धार तथा राहत र क्षतिपूर्तिको व्यवस्था गर लगायतका नाराहरु लगाएका थिए ।

 



सम्बन्धित
Loading...