पठनपाठनको समय फेरेको भन्दै सुनवलका विद्यार्थीहरु आन्दोलित
रामकरण हरिजन
नवलपरासी । सुनवल नगरपालिका अन्तर्गतको नगर शिक्षा समितिले नगरपालिका भित्रका विद्यालयहरुको पठनपाठन गर्ने समय परिवर्तन गरेको भन्दै सुनवलका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
सुनवल नगर शिक्षा समितिले समय तालिका परिवर्तन गरी विहान ८ बजेदेखि दिउसो १२ वजेसम्म बनाएको विरोधमा सुनवलको महाकवि देवकोटा माध्यामिक विद्यालयमा रहेका विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
जसका कारण महाकवि देवकोटामा पठनपाठन प्रभावित भएको छ ।
सुनवल नगरशिक्षा समितिले शिक्षाको गुणस्तर सुधार्न भन्दै नगरपालिका भित्रका विद्यालयहरुले एउटै सिफ्टमा विद्यालयहरुमा पठनपाठन गर्नु पर्ने भन्दै विहान ८ बजेदेखि दिउसो १२ बजेसम्म कक्षाहरु संचालन गर्ने गरी निर्णय गरेको छ ।
सुनवल नगर शिक्षा समितिको निर्णयको विरोधमा विद्यार्थीहरु उत्रिए पछि पछिल्लो एक हप्ता देखि पठनपाठन प्रभावित बनेको प्लस टु विद्यार्थी संघका अध्यक्ष संगम कोईरालाले बताए ।
जेठ १ गते बसेको नगर शिक्षा समितीको बैठकले नगर भित्रका विद्यालयहरु विहान ८ बजेदेखि १२ बजेसम्म संचालन गर्नु पर्ने निर्णय गरेको थियो ।
विद्यार्थीहरुले विहान ६ बजेदेखि कक्षा सञ्चालन गर्नु पर्ने विहान ८ बजेबाट कक्षा सञ्चालन गर्दा भोकभोकै पढ्नु पर्ने बाध्यता सिर्जना भएको भन्दै विरोध गरेका हुन् ।