साम्राज्ञी र प्रेमीबीचको गोप्य तस्बिर बाहिरिँदा हंगामा

293








नेपाली सिनेमा क्षेत्रकी लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह आज भोली आफनो फिल्म भन्दा बढि प्रेम सम्बन्धको कारण चर्चामा आउँने गरेकीछिन् । केही समय अगाडीसंग व्यवसायी मयंक खड्काको प्रेममा रहेकी उनी इन्टु मिन्टु फिल्मसंगै ब्रेकअपमा पुगिन् । लगत्तै उनी देवाङ्कस राणाको प्रेममा परिन् । सुरुमा त उनले देवाङ्कसलाई मिडियासामु ल्याउँने हिम्मत नै गरिनन् । आफनो फिल्मको घोषणा र प्रिमियरमा प्रेमीलाई साथै लिएर जाने साम्राज्ञीले बिस्तारै बिस्तारै सामाजिक सञ्जालमार्फत आफनो प्रेमीलाई सार्वजनिक गर्न थालिन् । उनीहरुको प्रेमले सिने बजार निकै तात्यो तर उनीहरुको प्रेमले सिनेबजार के तातेको थियो र अहिले उनीहरुको तस्बिरले जति तताएको छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा समेत रहेका देवाङ्कस र साम्राज्ञी छुट्टी मनाउँन इन्डोनेशियाको बाली पुगेकीछिन् । जहाँ उनले आफनो प्रेमीसंग नितान्त व्यक्तिगत समय बिताएकीछिन् ।




जहाँ तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । जुन तस्बिरमा साम्राज्ञी र देवाङ्कस निकै मदहोष देखिएका छन् । बालीको एक समुन्द्री किनारमा खिचिएको उक्त तस्बिरहरुमा बिकिनीमा रहेकी साम्राज्ञीलाई देवाङ्कसले ओठ, छातीको बीच र कम्मर पछाडी चुमेका छन् । साम्राज्ञीले नै ती तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी थिईन तर तस्बिर पोस्ट भएपछि साम्राज्ञीले ताली भन्दा गाली धेरै खाईन् । गाली खाएपछि उनले ती तस्बिरहरु डिलिट गरिन तर उनको तस्बिरले यतिबेला सामाजिक सञ्जालमा हंगामा मच्चाईरहेको छ । ती तस्बिरहरु उनको प्रेमीले पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिउ ।

हुन सक्छ उनीहरुको यो नितान्त व्यक्तिगत जीवन हो तर व्यक्तिगत जीवन हो भन्दैमा साम्राज्ञी आफैले ती अश्लिल तस्बिरहरु सार्वजनिक गर्नु मुर्खता भन्दा अरु केही हुन सक्दैन । हो सेलिब्रेटी भएपछि व्यक्तिगत जीवन गुम्ने गर्छ त्यसैले बिदेशमा निर्धक्कसंग रमाउँन जाने सेलिब्रेटीहरुले सेक्सी अनि बिकिनीमा खिचाएका तस्बिरहरु आज भोली आम दर्शकहरुले पनि पचाउँन थालिसकेका छन् तर साम्राज्ञीले जोशमा होस गुमाउँदा उनीमाथि तल्लोस्तरको प्रतिक्रियाहरु आईरहेका छन् ।

ती तस्बिरहरु सार्वजनिक भएपछि साम्राज्ञीकै छबिमा धक्का लागिरहेको छ किनकी उनको प्रेमी कुनै सेलिब्रेटी होईनन् जति धक्का उनलाई पर्छ त्यती प्रेमीलाई पर्दैन । बिस्तारै बिस्तारै साम्राज्ञी पनि कन्ट्रोभर्सी क्वीन बन्दै आईरहेकीछिन् । यसअघि पनि उनी आफनो स्तनमा ट्याटु खोप्दाको तस्बिर सार्वजनिक हुँदा निकै बिवादमा परेकी थिईन् । उनले त्यतीबेला स्पष्टीकरण नै दिनु परेका थियो । अब हेरौँ अश्लिल तस्बिरका बारेमा साम्राज्ञीको स्पष्टीकरण आउँला नआउँला अथवा आयो भने पनि कस्तो आउँला त्यो पनि चासोको बिषय बनिरहेको छ ।

 



You might also like
Loading...