कावासोतीमा वृक्षरोपण


कावासोती, ५ साउन ।
सिंहनिवास सामुदायिक वन उपभोक्ता समुह कावासोती ५ नवलपुरको आयोजनामा वृक्षारोपण भएको छ ।
सामुदायिक वनको खाली ठाउँलाइ पुनर्उत्पादन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको सिंहनिवास सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए ।




आर्थिक वर्ष २०७५र०७६ को वनविकास कार्यक्रम अन्तर्गत वन क्षेत्र भित्र खाली रहेको जमिन र केरुङे खोलाको किनारमा विभिन्न जातका १० हजार ५ सय ६० वटा विरुवाहरु रोपिएको अध्यक्ष गुरुङले वताए।
असार २२ गतेदेखि सुरु गरिएको वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा उपभोक्ताहरु, विभिन्न टोल उपसमितिहरु, टोल आमा समुहहरु, वन समुहका सल्लाहकारहरु, पूर्व कार्यसमितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको समुहका सचिव बसन्त बहादुर राउतले जानकारी दिए।



सम्बन्धित
Loading...