अष्ट्रेलियामा रहेका नेपालीद्वारा कावासोतीका मृगौला पीडित गोमाको उपचारलाई दुई लाख सहयोग


दिपेन्द्र रेग्मी,
कावासोती । नवलपुरको कावासोती– ८ की मृगौला पीडित गोमा पाण्डेको उपचारको लागि अष्ट्रेलियामा रहेका नेपालीहरुले २ लाख रुपैयाँ सहयोग गरेका छन् ।




कावासोतीका राजन सुवेदीको पहलमा अष्ट्रेलियामा नेपालीलाई काम नामक च्यारिटी संस्था सञ्चालन गर्दै आएका कावासोती ८ का सन्तोष तिवारीले उक्त रकम नेपाल पठाएका हुन् ।
अष्ट्रेलियामा रहेका विभिन्न नेपालीहरुले दिएको १ लाख ५० हजार र सन्तोष तिवारीले दिएको ५० हजार गरी २ लाख रुपैयाँ संकलन गरिएको हो । सन्तोषकी आमा र वुवा टिकाराम तिवारीले पीडितका श्रीमान् गणेश पाण्डेलाई आज एक कार्यक्रमका बीच दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।
करिव ७ महिना अघि मृगौलामा समस्या देखिए पछि गोमा पाण्डेका परिवारले उपचारका लागि विभिन्न अस्पतालमा लगेका थिए । हाल टिचिङ अस्पतालमा उपचार भईरहेकी उनलाई दुवै मृगौलाले काम नगर्ने भैसकेकोले थप उपचारको लागि दिल्लि लैजानु पर्ने अस्पतालले जनाएको छ ।
शुरुमा आफ्नो जायजेथा बेचेर भए पनि उपचार गराउन कोसिस गरेका परिवारजनले मृगौलानै प्रत्यारोपण गर्न पर्ने भएपछि समस्यामा परेको हो । पाण्डेको मृगौला प्रत्यारोपण गर्न भएको जायज्यथा सबै बेचेर सकेका पाण्डे परिवार झण्डै ६० लाख लाग्ने चिकित्सकले भनेपछि सहयोगको लागि अपिल गरेका हुन् ।
अहिलेसम्म करिव २२ लाख रकम जम्मा भएको विरामी पाण्डेका श्रीमान गणेश पाण्डेले वताए । सहयोग गर्न चाहानुहुने महानुभावहरुले एन आई सी एसिया बैंक कावासोतीमा रहेको खाता नं. ७६८७८४११३१५२४००१ मा सहयोग रकम जम्मा गरिदिन समेत पाण्डेले अनुरोध गरेका छन् ।



सम्बन्धित
Loading...