सेवासुविधा कटौतीप्रति सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल नवलपुरको आपत्ति

308








माधव अधिकारी
नवलपुर, ७ साउन ।
उच्च तहका राजनीतिज्ञहरुले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सेवानिवृत्तलाई चाडपर्व खर्च कटौतीको विषयलाई लिएरसेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला कार्यसमिति नवलपुरले असन्तुष्टि जनाएको छ ।
राष्ट्रसेवामा बहाल रहेका कर्मचारीहरुलाई जस्तै सेवा निवृत्तहरुलाई पनि राज्यले चाडपर्व खर्च भनि एक महिनाको पेन्सन बराबरको रकम उपलब्ध गराउँदै आएको छ । तर राज्य व्यवस्था तथा सुशासन समितिमा सेवानिवृत्तलाई चाडपर्व खर्च दिनुपर्दैन भन्ने छलफल भएको समाचार बाहिर आएपछि संघले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

विज्ञप्तीमा लेखिएको छ “सेवा सुविधालाई थप व्यवस्थीत बनाउदै लैजानुपर्ने विषय उठान हुनुपर्नेमा दिइरहेको सेवा सुविधा समेत कटौति गर्ने चर्चा प्रति हामी घोर भ्रत्सना तथा खेद प्रकट गर्दछौँ ।”




विज्ञप्तीमा बहालवाला तथा सेवानिवृत्त राष्ट्रसेवकहरु सबै एकजुट भई राज्यले चर्चामा ल्याएको यस्तो विषयको घोर निन्दा गर्न तथा विरोधमा उत्रन सबैलाई अपिल समेत गरिएको छ ।

संघका अध्यक्ष युक्त प्रसाद गौडेल र सचिव नरनाथ पाण्डेद्वारा हस्ताक्षरीत विज्ञप्तीमा यसप्रकारको विषयलाई उठान नगरि थप सेवा सुविधा दिएर सबैमा उर्जा थपिदिन अनुरोध गर्दै अनावश्यक आन्दोलन छेड्नुपर्ने अवस्था नल्याइदिन र सेवा निवृत्त राष्ट्रसेवकहरुप्रति सकारात्मक मनोभावना राखिदिनुहुन संबद्ध निकायहरुलाई अपिल गरिएको छ ।



You might also like
Loading...