देउवाको गृह जिल्लामै काँग्रेसबीच कुटाकुट, महिला नेतृ कुट्नेविरुद्ध सार्वजनिक मुद्दा


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीकाे विवाद कुटपिटमै परिणत भएको छ ।



गत असारको तेस्रो साता नेपाल महिला संघको केन्द्रीय समितिबाट जिल्ला कार्यसमितिलाई विघटन गरी तत्कालीन उपाध्यक्ष कलावती बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएपछि मंगलबार बोहराको अध्यक्षतामा पार्टी कार्यालय डडेल्धुरामा बैठक बस्न लाग्दा पार्टी जिल्ला सभापति कर्ण मल्ल पक्षधर नेताहरुले कुटपिट गरेका हुन् ।




पार्टी कार्यालय पुगेका महिला संघका नेतृलाई कार्यालय सचिवले बैठक कक्षको चावी नदिएपछि ताला तोडेर बैठक सुरु गरेपछि उनीहरुमाथि कारबाही भएको थियो । कार्यालय सचिव रामबहादुर बिष्टले आफूहरु माथि आक्रमण गरेको आरोप महिला नेतृहरुले लगाएका छन् ।कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सासंद मल्लका स्वकीय सचिवसमेत रहेका बिष्टको कुटपिटबाट महिला संघ डडेल्धुराकी नेतृ बसन्ती भण्डारी र वोहोरा घाइते भएको महिला नेत्री सरस्वती खड्काले बताइन् ।

महिला संघ डडेल्धुराको संयोजक अहिले कमला बिष्ट रहेको सभापति मल्ल पक्षको दाबी छ । आफूहरुलाई अरु व्यक्ति महिला संघ डडेल्धुराको संयोजक तोकेको अधिकारीक पत्र नपाएको कांग्रेस डडेल्धुराका सभापति मल्लद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । डडेल्धुरा कांग्रेसमा पूर्वसभापति रघुवर भट्ट र वर्तमान सभापति कर्णबहादुर मल्ल गुटबीच विवाद बढ्दै गएको छ ।

कसरी भयो कुटपिटको घटना ?

कांग्रेस निकट भ्रातृ संगठन नेपाल महिला संघ डडेल्धुराको तदर्थ समितिको बैठक बस्न पार्टी कार्यालयको चावी पूर्वसभापति रघुवर भट्ट पक्षका महिलाले पार्टीको कार्यालय सचिव रामबहादुर बिष्टलाई फोन गरे ।

उनले आफूलाई महिला संघ डडेल्धुराबारे कुनै पनि अधिकारिक पत्रसमेत नभएकाले के को बैठक बस्ने हो ? भन्दै चाबी नदिने भनेपछि महिलाहरुले कार्यालयको चाबी नै तोडेर बैठक सञ्चालन गरेका थिए । त्यसपछि कार्यालय सचिव बिष्टले कुर्ची प्रहार गरेको महिला नेतृहरुको आरोप छ ।

बैठक हलमा रहेका १० महिलालाई बिष्टले कुर्चीले कुट्दा बसन्ती भण्डारी गम्भीर घाइते भएको महिला संघकी नेतृ सरस्वती खड्काले बताइन् । उनले कांग्रेस डडेल्धुराका उप–सभापति करुणाकर भट्टले समेत गाली बेइज्जत गर्दै धम्की दिएको आरोप लगाइन् ।

‘उप–सभापति भट्टले महिलाहरुलाई अलि बढी कुट्नुपर्ने, कम किन कुट्नु भयो’ भनेर भनेको महिला नेतृहरुको भनाइ छ । आफूहरुलाई पार्टी कार्यालयको बाहिर पनि बस्न नदिएको महिलाहरुको गुनासो छ ।

४ वर्षदेखि विवादमा रहेको महिला संघ डडेल्धुरा विधि विधानअनुसार गठन हुनु पर्ने अधिकांशको माग पछि संघलाई वैधानिकता दिन केही दिन अगाडि केन्द्रीय छानबिन टोली डडेल्धुरा आएको थियो । टोलीले छानबिन गरी परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहरालाई संयोजक तोकेको दाबी छ । पत्र उप–सभापति करुणाकर भट्टलाई नै दिएका उनीहरुको दाबी छ ।

कार्यालय सचिव बिष्टले भने ‘एक महिला नेतृले मलाई फोन गरी पार्टी कार्यालयको चावी दिनुस् भन्नु भयो । मैले पार्टीको विषयमा छलफल गर्नु छ भने म चावी दिन्छु, हैन, यदीे महिला संघको विषयमा छलफल गर्ने भन्नु हुन्छ भने पार्टी कार्यालयमा कुनै आधिकारी पत्र आएको छैन ।

उनले लिखित तथा मैखिक जानकारी पार्टी जिल्ला कार्य समितिमा नआएको भन्दै समाजीक संञ्जालमा गलत प्रचार फैलाएको भरमा बैठक बस्न चावि नदिने अडान लिएको बताए । ‘जबसम्म केन्द्रबाट पार्टी कार्यालयलाई पत्र आउँदैन तबसम्म नेपाल महिला संघ डडेल्धुराको अध्यक्ष कमला बिष्ट नै हो’ विष्टले भने ।

उनले महिला समूहले जवरजस्त रुपमा पार्टी कार्यालयको ताला तोडेर भित्र विद्रोही शैलीमा प्रवेश गरेपछि आफुले केही कागजात हरायो भने को जिम्मेवारी हुन्छ भनेर प्रश्न गर्दा मलाई ३ जनाले आक्रमण गरेको बताए ।

२०÷२५ जनाको महिलाको समूहलाई आफूले कुटपिट नगरेको भन्दै उनीहरुको आक्रमणबाट ज्यान जोगाउन तित्तर वित्तर गरेको उनको दावी छ । ‘भागेर लुकेर बसेको र उनीहरुले प्रहरी बोलाएर पछि मात्र म आएको हुँ’ उनले भने ।

कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले महिला संघका नेतृहरुले अपशब्द प्रयोग गरेको आरोप लगाएका छन् । तर, कार्यवाहक सभापति भट्टले यसको खण्ड गर्दै लोकतान्त्रिक पार्टीमा यस्ता विवाद आउनु समान्य भएको प्रतिक्रिया दिए ।

पूर्वसभापति रघुवर भट्टले भने आफूले अहिले नै प्रतिक्रया दिनु आवश्यक नरहेको बताए । सभापति मल्ल पक्षले कमला बिष्ट, संघको अध्यक्ष हो भन्ने अडानमा छ भने पूर्वसभापति रघुवर भट्ट र केन्द्रीय सभापति शेरबहादुर देउवा पत्नी आजुराणा देउवाले बोहरा नै अधिकारी भएको बताउँदै आएका छन्।

प्रहरीमा सार्वजनिक मुद्दा दर्ता

यसैबीच, महिला संघका नेतृहरुले कार्यालय सचिव बिष्टको नामा जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा सार्वजनिक मुद्दा दर्ता गराएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय पुगेर उनीहरुले विष्टमाथि कुटपिट गरेको भन्दै सार्वजनिक मुद्धा दर्ता गराएका हुन् ।

यस्तै कार्यालय सचिव बिष्टले पनि महिलाहरुले आफूलाई आक्रमण गरेको भन्दै तीन जना महिला नेतृमाथि सार्वजनिक मुद्धा दर्ता गराएका छन्। बुधबार नै उनले जिल्ला प्रहरी कार्यालय पुगेरै सार्वजनिक मुद्दा दर्ता गराएका हुन् ।

यस्तै, नेपाल महिलाकी अध्यक्ष उमा रेग्मीले ७ साउनमा कर्ण मल्लका स्वकीय सचिव र कार्यालय सचिव रामबहादुर विष्ट, उपसभापति करुणाकर भट्ट, सदस्य गोकुल शाही, सन्तोष देउवा, विद्यार्थी नेता नरेन्द्र मल्ल, भारत नेपालीलगायतले आक्रमण गरी कलावतीदेवी बोहोरा र बसन्ती भण्डारीलाई सख्त घाईते बनाएकाे बताइएकाे छ । @shilapatra.com



सम्बन्धित
Loading...