चितवनका यी युवक बन्ने भए नायक

नेपाली सिनेमा क्षेत्रमा यतिबेला चकलेटी नायकहरुको बोलवाला रहेको छ । अनमोल केसी , प्रदिप खड्का , पल शाह , सलिनमान बनियाँ जस्ता नायकहरुको नेपाली सिनेमा राम्रो छाप छोडिरहेको समय अर्का यस्तै चकलेटी नायकले सिनेमा क्षेत्रमा पर्दापण गर्ने भएका छन् । उनी हुन प्रितमराज सेन्चुरी । चितवनका यी चकलेटी युवक एक फिल्मका लागि अनुबन्धित भएका छन् । हाल उक्त फिल्मको नाम तय भईसकेको छैन । तर फिल्ममा प्रितमले अभिनय गर्ने पक्का भएको छ ।

फिल्ममा उनको अपोजिटमा नायिका सारा सिर्पाली रहनेछिन् । फिल्ममा पहिलो पटक प्रितम र साराले एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । त्यसो त प्रितमले साईन गरेको पहिलो फिल्म भने यो होईन । उनले रानीमहल फिल्मबाट डेब्यु गर्न लागिरहेका थिए । जुन फिल्ममा उनको नायिका पूर्व मिस नेपाल निकिता चाण्डक रहेकी थिईन् ।

तर आधा पनि सुटिङ नसकिदै आर्थिक हिनामिना भएको भन्दै सुटिङ नै रोकिए अब उक्त फिल्म बन्ने र नबन्नेमा द्धविधा देखिएको छ। यसबीचमा प्रितमले नयाँ फिल्म साईन गरेका हुन्।फिल्मलाई चर्चित द्धन्द निर्देशक अष्टमान महर्जनले निर्देशन गर्ने भएका छन् । यसअघि भोजपु्र लगायत विभिन्न भाषाका फिल्महरुमा द्धन्द निर्देशन गरिसकेका उनले फिल्म निर्देशनमा भने डेब्यु गर्न लागिरहेका छन् । फिल्म भदौबाट फ्लोरमा जाँदैछ ।
