नवलपरासीमा बालिकालाई पटक पटक सामुहिक बलात्कार गर्ने दुई जना पक्राउ

246








रामकुमार श्रेष्ठ
नवलपरासी, १४ साउन ।
नवलपरासीमा ११ बर्षकी बालिकालाई पटक पटक जबरजस्ती करणी गरी यौन शोषण गर्ने आइरहेको आरोपमा नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


सुनवल नगरपालिकाको ६० बर्षीय नारायण श्रेष्ठ र ४१ बर्षीय लोकबहादुर खत्रीलाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले बताए ।
उनीहरुले डेढ महिनादेखि घरमा आमाबुबा नभएको मौका छोपी ति बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको उनले बताए ।






You might also like
Loading...