नवलपरासीमा ११ बर्षीया बालिकालाई पटक पटक बलात्कार गरी फरार पक्राउ


शोभा जिसी
नवलपरासी । पश्चिम नवलपरासीमा ११ बर्षीया बालिकालाई पटक पटक सामुहिक बलात्कार गरी फरार रहेका मध्ये थप एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी जिल्लाको जहाङ्ग खैरनी गाउँपालिका ६ तल्लो हटिया घर भई हाल सुनवल नगरपालिका ४ बस्दै आएका ५५ बर्षीय शिव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।





श्रेष्ठलाई उनको गुल्मी स्थित घरबाट पक्राउ गरी जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस अघि प्रहरीले सोही घटनामा सम्लग्न सुनवल नगरपालिकाका ६० बर्षीय नारायण श्रेष्ठ र ४१ बर्षीय लोकबहादुर खत्रीलाई पक्राउ गरेको थियो ।
उनीहरुले बालिकाको घर कोही नभएको बेला विगत डेढ महिनादेखि फरक फरक स्थान र फरक फरक समयमा पटक पटक जबरजस्ती करणी गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

नवलपरासीमा बालिकालाई पटक पटक सामुहिक बलात्कार गर्ने दुई जना पक्राउ







सम्बन्धित
Loading...