नवलपरासीको त्रिवेणी नदीमा पुरुषको लाश भेटियो

224








शोभा जिसी
नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ मा पर्ने त्रिवेणी नदीमा सोमबार एक जना पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार सोमबार विहान १० बजेतिर उक्त शव फेला परेको हो ।
त्रिवेणी नदीको गण्डक ब्यारेज पुल स्थित ३२ नम्बर ढोकामा वेवारिसे लाश फेला परेको हो ।





अन्दाजी ३५/४० बर्षको खैरो जिन्स फाइन्ट, कलेजी रंगको अण्डरवियर, कालो पहेलो कपडाको बेल्ट लगाएको, कपाल छोटो भएको पुरुषको शव फेला परेको हो ।
मृतकको सनाखत हुन सकेको छैन । शव नदीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । दुई दिन अघि पनि नवलपरासीमा नारायणी नदीमा महिलाको शव फेला परेको थियो ।



You might also like
Loading...