पार्टी एकता सामाजिक परिवर्तनका लागिः मुख्यमन्त्री शंकर पोखरेल ।
गोपी ज्ञवाली
नवलपरासी, भदौ ३ गते । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुर्व एमाले पुर्व माओवादी केन्द्रको बीच पार्टी एकता कुनै ब्याक्ति वा नेतालाई मन्त्री बनाउनु वा सत्तामा जानका लागि नभई नेपाली समाजको अग्रगामी परिवर्तनका लागि भएको बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टी पश्चिम नवलपरासीको दोस्रो जिल्ला बैठकलाई सम्बोधन गर्ने क्रममा परासीमा यस्तो बताए ।

सांगठनिक रुपमा पार्र्टी एकताको काम सम्पन्न भएको भए पनि कार्यकर्ताहरु बीच अझै भावनात्मक एकता हुन बाँकी रहेको भन्दै पार्टीका कार्यकर्ताहरु बीच भावनात्मक एकताका लागि यस प्रकारका बैठक, भेला एवं राजनैतिक सामुहिक कार्यहरु हुन जरुरी रहेको उनले बताए ।

सरकारले जनताका काम गर्न खोजेको तर पुरानो सत्ताको पुरानै कार्यशैलीले कामले तिब्रता पाउन नसकेको बताए ।
वैठकमा मुख्यमन्त्री पोखरेलले पार्टी एकता भनेको सांगठनिक एकता, आन्दोलनमा एकता, सरकारमा एक रुपता हुदै मुख्य रुपमा नेपाली समाजको सकारात्मक परिवर्तनमा एकता भनेको बुझनु पर्नेमा जोड दिए ।
पोखरेलले नेपालमा कम्युनिष्ट र नेपाली कांग्रेसको सहकार्य हुँदा प्रतिगमनकारी कमजोर हुने र कम्युनिष्ट एवं कांग्रेसको सहकार्य कमजोर हुदाको बखतमा प्रतिगामि शक्तिहरु बलिया हुने ईतिहासलाई ध्यान दिएर अहिले पनि सरकार र प्रतिपक्षहरु मिलेर देशको आवश्यकता पुरा गर्नु पर्ने बताए ।
नेकपा पार्टी एकता पछिको पार्टीको दोस्रो जिल्ला बैठकलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नम्ँबर पाँचकी अध्यक्ष ओनसरी घर्ती मगर, प्रदेश सचिव जग प्रसाद उपाध्याय लगाएतले प्रशिक्षण दिएका थिए ।
पुर्व माओवादीको तर्फबाट ६० जना र पुर्व एमालेबाट ८५ जना गरि पश्चिम नवलपरासी नेकपाको एक सय ४५ जनाको जिल्ला समिती गठन भएको नेकपा नवलपरासीका जिल्ला अध्यक्ष भविश्वर तिवारीले बताए ।