टंकमणिद्वारा नेकपाका जिल्ला र जिल्ला सचिवालयबाट राजिनामा
कावासाेती । नेकपा नवलपुरमा जिल्ला नेता टंकमणि शर्मा अजयले नेकपाका जिल्ला सदस्य र जिल्ला सचिवालय पदबाट राजिनामा दिएका छन्।
प्रदेश सदस्य समेत रहेका शर्माले एक व्यक्ति तीन पदमा रहन नैनिकताले नदिएकाे भन्दै प्रदेश सदस्यमात्र रहने गरि अन्य पदबाट राजिनामा दिएकाे जनाएका छन।

उनले जिल्ला कमिटि र सचिवालयमा रहन याेग्य अन्य साथीहरू समेत रहेकाले एक व्यक्ति धेरै पदमा रहन अावश्यक नरहेकाेमा जाेड दिएका छन्।
उनले जिल्ला अध्यक्षलाई सम्बाेद्धन गरेर राजिनामा दिएका छन्।
