रवि लामिछानेसहित तीनै जनाविरुद्ध अभियोग पत्र दायर, आत्महत्या दुरुत्साहन बमोजिम सजाय माग


चितवन, भदौं ८–



चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछासहित तीन जनाविरुद्ध नै आज चितवन जिल्ला अदालतमा अभियोग पत्र दायर गर्दैछ ।




केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले अनुसन्धान पुरा गरेपछि आज चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत अभियोगपत्र दायर गर्न लागेको हो । आज पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा पेश गर्न लागिएको जानकारी दिए । उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकिएको र आजै अभियोग पत्र दायर गर्न लागिएको जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई अदालत लगिएको छ । आज बिहान १० बजे उनिहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ । लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको छ ।

रवि बचाउ आन्दोलनको नाममा प्रचण्ड विरोधी नारा (भिडियो सहित)



सम्बन्धित
Loading...