देजमोको देवचुलीमा वडा कमिटि गठन

172








युवराज वाग्ले
देवचुली । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको संगठन विस्तार अभियान अन्तरगत नवलपुरको देवचुली नगरपालिकामा वडा कमिटि गठन गरिएको छ ।
देवचुली नगरपालिकाका वडा नं. ५ मा टेकबहादुर रानाको अध्यक्षतामा २१ सदस्यीय देजमो वडा कमिटि गठन गरिएको हो ।
त्यसैगरी देवचुली ५ मै रुपा फाउलीको संयोजकत्वमा ९ सदस्य अखिल नेपाल महिला संघ वडा कमिटि गठन गरिएको छ ।


युवराज वाग्लेको अध्यक्षतामा भएको भेलामा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी उत्तम थापा, देजमो नवलपुरका अध्यक्ष पिताम्बर तिवारी लगायतले बोलेका थिए ।
युवराज वाग्लेको अध्यक्षतामा भएको भएको कार्यक्रमको सञ्चालन काशी काफ्लेले गरेका थिए ।






You might also like
Loading...