नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा, लाली गुरांस संरक्षित क्षेत्र र एकीकृत नमुनाबस्तीको शिलान्यास




कमला राना मगर
कावासोती, १२ भदौ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको ऐतिहासिक रुद्रपुरगढीमा विहीबार पर्यटकीय क्षेत्रको उद्घाटन गरिएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटकीय क्षेत्रको उद्घाटन गरेका हुन् । रुद्रपुरगढी पाल्पाको सेन वंशीय राजाको पालाको ऐतिहासिक क्षेत्रको रुपमा परिचित रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री योगेश भट्टराइले नवलपुरको पहाडि क्षेत्र धौवादी रुद्रपुर पर्यटन क्षेत्रको लागी ज्यादै उपयुतm स्थान भएको बताएका छन् ।


नवलपुरको हुप्सेकोट गाउपालिकाको आयोजनमा भएको रुद्रपुरगढी पर्यटकीय क्षेत्र उद्घाटनसँगै पर्यटन मन्त्री भट्टराईले लाली गुरांस सरक्षीत क्षेत्र घोषणा तथा धौवादी एकीकृत नमुना वस्ती शिलान्यास पनि गरेका थिए ।
कार्यक्रममा उनले पर्यटनमन्त्री भट्टराइले नवलपुरको छिमेकी जिल्लाको रुपमा रहेको चितवन जिल्लासम्म आएका पर्यटकहरुलाई नवलपुर सम्म ल्याउन धौवादी रुद्रपुरगढी आकर्षक गन्तव्यको रुपमा विकास हुन सक्ने विश्वास व्यक्त गरे ।
हुप्सेकोट गाउपालिकाको यो क्षेत्र इलामको कन्याम जस्तै पर्यटकको आकर्षकको केन्द्र बन्न सक्ने सम्भावना रहेको बताउँदै मन्त्री भट्टराइले यस क्षेत्रमा रहेको मगर जातिको भाषा सस्कृति अध्ययन र अनुसन्धानको लागी समेत मुख्य थलो बन्न सक्ने विश्वास व्यतm गरे ।
यसैगरी मन्त्री भट्टराइले नवलपुरको धौवादीमा रहेको फलामखानीको उत्खनन गर्ने र व्यवसायिक प्रयोजनको लागि अगाडि बढाउन मन्त्री परीषदको बैठकले निर्णय गरेको पनि जानकारी गराए ।
धौवादीको खानिमा रहेको फलाम विश्वकै गुणस्तरीय फलामको रुपमा रहेकोले विदेशमा समेत यसले महत्वपुर्ण स्थान लिने विश्वास व्यतm गरे ।
त्यस्तै पर्यटन मन्त्री योगेश भट्टराइले विकासका हरेक कार्यमा नेपाली कग्रेस लगायत सबै राजनिति दलसग सहकार्य गर्न नेकपा एमाले सधै तयार रहेकोे बताए ।
नेकपा एमालेका युवा नेता समेत रहेका भट्टराइले नेपालमा हाल स्थानीय सरकार बनेको र ४० हजार जनप्रतिनिधिहरु रहेको बताउँदै यसले हाम्रो संघीय प्रणाली र गणतन्त्रलाई स्थापित गर्ने दावी गरे ।



सम्बन्धित
Loading...