विप्लवका सुनवल नगर इन्चार्ज पश्चिम नवलपरासीबाट पक्राउ


शोभा जिसी
नवलपरासी, १६ भदौ । विप्वल नेतृत्वका नेकपा नवलपरासीको सुनवल नगर इन्चार्ज ४४ बर्षीय आत्मराम आचार्य भनिने आत्मराम शर्मा जैसीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।




शनिबार सुनवल ११ जगार्हा स्थित उनकै घर नजिकबाट भुमही प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई अदालत पेश गरिएकोमा अदालतले तोके बमोजिमको धरौटी नबुझाएको कारण कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी विरेन्द्र थापाले बताए ।
उनलाई गत फागुन २९ गते सरावल गाउँपालिका १ तुलसीपुरमा भएको ट्रक आगलागीको घटनामा दोषी ठहर गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...