प्रधानमन्त्री ओलीलाई विश्राम लिन गगन थापाको आग्रह


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अस्वस्थताका बाबजुत विदेशमै रहेर भिडियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद् बैठक राखेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन्।



प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले  कार्यकारी प्रमुख लामो समय सम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्‍न हुने भन्दै प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गरे।




पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाईएको तर शारिरीक स्वास्थ्य अवस्था भने कमजोर भएको इच्छाशक्ति भएपनि प्रधानमन्त्रीले आफुमाथिको दायित्व पुरा गर्न नसक्ने भन्दै उनले नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्न पनि नेकपा नेतृत्वको ध्यानाकर्षण गराए।



सम्बन्धित
Loading...