कावासोतीको नवदुर्गा विद्यालयमा चोरी


कावासोती । कावासोती नगरपालिका २ मा रहेको नवदुर्गा आधारभुत विद्यालयमा चोरी भएको छ ।
आइतबार राति कार्यालयको ढोका र कार्यालय भित्र रहेको दराज फोरेर एक थान ल्यापटप र २ थान फोटोकपी सहितको प्रिन्टर चोरी गरेको विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले बताए ।
डुम्रेका अनुसार १ लाख बराबरको सामग्री चोरी भएको छ । पछिल्लो समय कावासोतीमा विद्यालय सुनसान क्षेत्रमा हुने भएकोले विद्यालयका सिसी क्यामरा देखि विद्यालयका भौतिक सामग्रीहरु चोरी हुने क्रम बढ्न थालेको छ ।







सम्बन्धित
Loading...