कावासोती आसपास बाढीको सम्भावना सतर्क रहन आग्रह


 



शोभा जिसी
कावासोती । मंगलबार कावासोती आसपास बाढीको खतरा रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान शाखाले सूचना जारी गर्दै हाल नवलपरासी डण्डास्थित बर्षा मापन केन्द्रमा भारी बर्षा मापन भएको जनाइएको छ । त्यसैगरी थप बर्षाको सम्भावना रहेकोले डण्डा, कावासोती र आसपासको क्षेत्रमा गिरुवारी लगायतका अन्य ससाना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको क्षेत्रमा बाढी आउन सक्ने भएकोले उच्च सतर्कता अपनाउनु होला भनिएको छ ।



सम्बन्धित
Loading...