जागरण अभियानको समापन भब्य गरिने




कावासोती ४ असोज । नेपाली काङ्ग्रेस नवलपुरले दोस्रो चरणको जागरण अभियानको समापन सभा भब्य गर्ने तयारी गरेको छ । काङ्रेस नवलपुरको शनिबार सम्पन्न बैठकले सभालाई भब्य बनाउने निर्णय गरेको हो । त्यसका लागि आबश्यक तयारी शुरु भएको जिल्ला सभापति विष्णु लामिछानेले बताए ।

शनिबार सम्पन्न बिस्तारित बैठकमा असोज ७ गते कावासाेतिमा हुने दोस्रो चरणको जागरण अभियानको सभालाई कसरी भब्य रुपमा सम्पन्न गर्ने बिसयमा छलफल भयको थियो ।




नेपाली काङ्ग्रेसका नवलपुरका सभापति बिष्णु लामिछानेको अध्यक्षतामा बसेको बैठकमा नेपाली काङ्ग्रेसका पुर्ब के.सद्स्य एब गण्डकी प्रदेसका प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालिको प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकमा हाल सम्मको कार्यप्रगती बिबरण समेत समन्धित क्षेत्रका सभापतिहरुले सुनाएक थिए । बैठकमा जिल्ला पदाधिकारी , सदस्य , महासमिति सदस्य , महाअधिबेशन प्रतिनिधि , भातृसस्थाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...