भोली कावासोतीमा कांग्रेसको बिरोध सभा





कावासोती ६ असोज । सरकारका पछिल्ला कतीय निर्णय, बढ्दो महगीं नियन्त्रण, शान्ति सुरक्षा कायम तथा शुसासनको माग गर्दै नेपाली कांग्रेस नवलपुरले भोली कावासोतीमा बिरोध सभा गर्ने भएको छ ।

नेपाली काङ्ग्रेस नवलपुरले दोस्रो चरणको जागरण अभियान भोलि (मङलबार) बिरोध सभा सहित समापन गर्ने आबश्यक तयारी पूरा भएको नेपाली काङ्ग्रेस नवलपुरले जनाएको छ। भदौ २४ देखि जारी जागरण अभियानले काङ्ग्रेसमा उत्साह थपेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।




भोलि समापन सभालाई सन्बोधन गर्न काङ्ग्रेसका नेता रामहरी खतिवडा आउने काङ्ग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले जानकारी दिए । काङ्ग्रेसले नवलपुरमा ४ जना के.प्रतिनिधि खटाएकाे थियाे । मंगलबार हुने बिरोध सभा कावासोतिको खुला मैदानमा गर्ने काङ्ग्रेसले जनाएको छ ।

बिरोध सभामा सम्पुर्ण जिल्लाबासीहरु उपस्थीतीको लागि पार्टीले आग्रह गरेको छ । बिहान ११ बजे हुने सभाको सबै तयारी पूरा भएको काङ्रेस नवलपुरका सचिब बालकृष्ण घिमिरेले बताए । सोमबारको पत्रकार सम्मेलन नवलपुर क्षेत्र १ ( ख )का के.प्रतिनिधि रघुनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।




सम्बन्धित
Loading...