कावासोतीमा ट्रक र कार ठक्कर खादा ५ जनाको मृत्यु
कावासोती । पूर्वी नवलपरासीको कावासोति-८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ ।
राति अन्दाजी सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती न.पा. ०८ खरकट्टा जंगल स्थित पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं. को कार एक आपसमा ठक्कर खान जाँदा कारमा सवार ५ जना पुरुष ब्यक्तीहरु मृत्युु भएको हो ।
मृतकको नामथर, वतन नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन तर्फ पठाईएको सबै जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।
