भोलिबाट सुरु हुने मध्यबिन्दु कप फुटबलको तयारी पूरा





गङ्गा बिश्वकर्मा –

असोज, ११, नवलपुर । प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता २०७६ को तयारी पुरा भएको छ । भोलि आईतबार घटस्थापनाको दिनबाट मध्यबिन्दु ७ चोरमारा रंगशालामा हुने फुटबल प्रत्योगिताको तयारी पुरा भएको खेलकुद मैदान स्तरोन्नतीका अध्यक्ष श्याम पौडेलले जानकारी दिनुभयो।


प्रतियोगितमा अहिलेसम्म १३ टिम दर्ता भएको आयोजकले बताएको छ । मध्यबिन्दु कप फुटबल प्रत्योगिताको उपाधी बिजेताले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ त्यसैगरि सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५/१५ हजार, बेष्ट प्लेयरलाई १० हजार र सर्वाधिक गोलकर्तालाई ७ हजार नगद पुरस्कार दिइने खेल संयोजक चक्र बन्धु अधिकारीले बताउनुभयो ।

यसैबिच, बिजयी सामुदायिक बन उपभोक्ता समुह मध्यबिन्दु ७ चोरमाराले प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख २२ हजार २ सय २२ रुपैया सहयोग गर्ने घोषण गरेको छ ।

त्यस्तै आस्था फुट वेयर ईन्ड्रष्ट्रिज प्रालि रुपन्देहीले दोसा्रे पुरस्कार राशी १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्ने घोषणा गरेको छ भने न्यौपाने ग्रील उद्योग मध्यविन्दु दुईले सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५/१५ हजार उपलब्ध गराउने घोषणा गरेको छ । यस्तै विभिन्न संघसंस्थाहरुबाट पनि आर्थिक सहयोगहरु आउनेक्रम जारी रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको आधिकारीक मिडीया सामुदायिक रेडीयो दर्पण एफ एम ९९.२ मेगाहर्ज रहेको छ ।




सम्बन्धित
Loading...