चाडपर्वलाइ मध्यनजर गर्दै यात्रुहरुको सुरक्षा तथा सहयोगार्थ पश्चिम नवलपरासीको बिभिन्न स्थानमा  यात्रु सहायता कक्ष संचालन




उमिला यादव –
असोज १२, सुनवल । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले समुदाय प्रहरी साझेदारी अन्र्तगत दशै तिहार र छठ पर्वलाइ मध्यनजर गर्दै सडक सभ्यता हाम्रो चाहना , सुरक्षित यात्राको सबैमा शुभकामना तीन दिने कार्यक्रमको आज पहिलो दिन सुनवल १२ भुमहीमा एक कार्यक्रमको बिच सुभारम्भ गरेको छ ।
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत सुनवल नगरपालिका वडा नम्बर १२ भुमहीमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको प्रमुख आथित्यतामा  कार्यक्रम शुभारम्भ भएको हो ।
सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उदेश्यले संचालन गरिएको कार्यक्रममा चालक तथा यात्रुहरुलाई सुरक्षित यात्राको शुभकामना दिने तथा चालकहरुलाई सुरक्षित हिसाबले सवारी हाक्न अनुरोध  र चेतनामुलक पर्चा पम्पेट समेत वितरण गरीएको छ ।
साथै दसैं,तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यात्रुहरुको सुरक्षा तथा सहयोगार्थ पश्चिम नवलपरासी अन्तर्गत सदरमुकाम परासी, भुमही, बर्दघाट र महेशपुरमा यात्रु सहायता कक्ष समेत संचालनमा ल्याईएको छ । बाटोमा अलपत्र परेका यात्रुहरुलाई गन्तब्यमा पुग्न मद्धत गर्ने, यात्रुहरुको गुनासो सडकमै सुन्ने र समाधान गर्ने तथा यात्रुहरुलाई सुरक्षित यात्राको अनुभुति गराउने उदेश्यका साथ यात्रु सहायता कक्ष संचालन गरिएको हो ।



सम्बन्धित
Loading...