नेपालमा जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ : प्रधानमन्त्री
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको राम्रो काम गरिरहे पनि निराशा र असन्ुष्टि फैलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
ट्रेन्डिङ
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको राम्रो काम गरिरहे पनि निराशा र असन्ुष्टि फैलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सोमबार ललितपुरको भैंसेपाटीमा मन्त्री निवासको भवन शिलान्यास गर्दै उनले केही पनि भएर भनेर निराशा फैलाउन खोज्ने प्रवृत्ति ठीक नभएको बताए ।
नेपालमा वाक स्वतन्त्रताको हकको जथाभावी प्रयोग भएको पनि ओलीले दावी गरे । ‘नेपालमा वाक स्वतन्त्रताको हक छ, त्यसको प्रयोग गर्न पाइन्छ’ उनले भने ‘स्वस्थ ढंगले आलोचना गर्नु एउटा कुरा हो । नन इस्युलाई इस्यु बनाएर जसरी पनि विरोध गर्ने सिलसिला चलेको छ । यी सिलसिला चलिरहन्छन् सरकार आफ्ना उद्देश्यमा अडिग छ ।
प्रधानमन्त्री ओलीले कोही दुख पाएर सडकमा बसेको देखे सरकारलाई खबर गर्न आग्रह गरे ।
Recover your password.
A password will be e-mailed to you.