सभामुख महरामाथि जबरजस्ती करणीको गम्भीर आरोप; कर्मचारीले समायोजनमा परेपछि रिस साँधियो महरा
प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा माथि जबरजस्ती करणीको गम्भीर आरोप लागेको छ । महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका आरोप लागेको हो । आइतवार साँझ ती महिला सभामुख महराले उनकै डेरामा जबरजस्ती करणी गरेको आरोप लागेको हो ।
शालीन एवं भद्र स्वभावका सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेपछि राजनीतिक वृत्तमा हल्लीखल्ली भएको छ।
पीडित महिलाको हुलिया दिंदै विभिन्न अनलाइनहरुले महरामाथि जबरजस्ती करणीको आरोप लगाएको छ । ति महिलाले सभामुख महराले मादक पदार्थ सेवन गरी आफूलाई पनि पिलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् । ति महिलाले महराले यस अघि पनि आफूमाथि अभद्र व्यवहार गर्ने गरे पनि यस पटक करणी नै गरेको आरोप लगाएकी छिन् । उनले घर श्रीमान नभएको बेला सभामुख महरा आफै घर आई बेडरुपमा बसेर आफूले लिएर आएको रक्सी पिएर आफूलाई पनि पिलाई जबरजस्ती गरेको विभिन्न सञ्चारमाध्यमहरुलाई जनाएका छन् ।
घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएकी महिलाले उजुरी गर्न नआएको जनाएको छ ।
सभामुख महराले भने आफूमाथिको आरोप निराधार भएको बताएका छन् । उनले कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको बताए ।
महराले भने, ‘यो केही होइन, समायोजनमा बाहिर सरुवा गरिदियो, यहीँ यतै जसरी पनि मिलाइदिनुपर्यो भन्ने वहाँ, तर अब समायोजन गर्छ सामान्य प्रशासनले । यता कुनै दरबन्दी छैन स्वास्थ्यको । यसैमा उहाँले हाम्रोचाहिँ ऊ गर्ने भनेर बोल्नुभयो, मैले नआत्तिनोस् फेरि काजमा ल्याउँला नि पछि, भन्या त्यही हो ।’
