सभामुख महराद्वारा शीर्ष नेतासँग परामर्श, राजीनामा दिने सम्भावना
१४ असोज,काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ ।
नेकपाका एक शीर्ष नेताका अनुसार महराका सामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरु विकल्प छैनन् । महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार विहानै भेट गरिसकेका छन् ।
सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् । सम्भवतः महराले आजै राजीनामा दिनेछन् ।
