कपिलवस्तुमा ४० हजार घुस सहित दुई जना पक्राउ




राम अवतार चौधरी –

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–८ विसनपुरमा ४० हजार घुस सहित दुई जना पक्राउ परेका छन् ।




बाल ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले घुससहित रंगे हात पक्राउ गरेको छ ।

विद्यालयमा विज्ञान शिक्षक भर्ना गराउने आवश्वासनमा घुस मागेपछि अख्तियारले उनिहरुलाई पक्राउ गरेको हो ।

चन्द्रौटा स्थित न्यू सिद्धार्थ होटलबाट कार्यालय सहयोग लोनियले उक्त रकम बुझेको र प्रअ पनि सोहि स्थानमा रहेको बताइएको छ ।

उनिहरु मथि थप अनुसान्धन भई रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।



सम्बन्धित
Loading...