दशैंलाई लक्षित गरी नवलपुरमा चौबिसै घण्टा हाई सुरक्षा एलर्ट !

308








रामकुमार श्रेष्ठ –




नवलपरासी, १६ असोज ।  विजया दशमीलाई लक्षित गरी प्रहरीले पूर्वी नवलपरासीमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
जिल्ला प्रहरी कार्यायल नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी अर्जुन रानाभाटका अनुसार पूर्वी नवलपरासीमा चौविसैं घण्टा सुरक्षा एलेर्ट गरिएको छ ।
रानाभाटका अनुसार दाउन्ने देखि गैडाकोट २४ घण्टा नै हाइवे चेकि· गरिएको छ । फरक फरक युनिटले फरक फरक समय पारेर चौविस घण्टैं सुरक्षा चेकि· बढाएको उनले बताए ।
त्यसैगरी चोरीका घटनालाई मध्यनजर राख्दै पैदल गस्ती, सादा पोशाकको गस्ती, नियमित पेट्रोलि· गस्ती, मोटरसाइकल गस्ती लगायतका गस्तीहरु बढाइएको छ ।
रानाभाटका अनुसार समुदाय प्रहरी कार्यक्रम अन्तरगत टोलटोलमा सुरक्षा सम्बन्धी जिंगल (सूचनाहरु) बजाउने काम पनि गरिएको छ ।्
तत्काल कुनै स्थानमा कुनै घटना घटि हाले १०० मा फोन गर्न प्रहरीले आग्रह गरेको छ भने त्यसका लागि स्टाण्ड वाई टोली (जुनसुकै बेला तुरुन्त परिचालन हुने टोली) पनि राखिएको उनले बताए ।
प्रहरीले त्यसका अलवा सडकमा भिगरफ् चेकि·, प्रहरी र ट्राफिक सहितको संयुक्त चेकि· पनि बढाएको रानाभाटले बताए ।



You might also like
Loading...