हराउँदै दशैंको पिङ्ग

213








दशैंमा एक पटक भुई छोड्नु पर्छ भन्ने मान्यता छ । त्यही मान्यता अनुसार दशैंको बेला खास गरेर विजया दशमीको दिन पिङ खेलेर भुई छाड्ने प्रचलन नेपाल समाजमा कायम छ । तथापि पछिल्लो समय दशैंमा निक्कै कम मात्रामा पिङ देख्न पाइन्छ त्यो पनि गाउँघरमा । सहर बजारमा त पिङ लोभ हुन लागेको जेष्ठनागरिकहरु बताउँने गर्दछन् ।
दशैंमा नेपाली संस्कार अनुसार  पिङ, धाँते पिङ जस्ता पिङहरु खेल्ने प्रचलन रहेको छ । तर अहिले लिंगे पिङ बाहेक अरु पिङ देखिन छाडेको कावासोतीका ७० बर्षीय भुनुसरा गाहा मगर।
कावासोतीका ७५ बर्षीया पार्वती पोख्रेल भन्छन् – हाम्रो पालोमा दशैं आउने तयारी भएपछि गाउँगाउँमा युवाहरु पिङ बनाउनका लागि दौडधुप गर्दथे अहिले त्यो प्रचलन हराएर गएको छ। उनको अनुभवमा गाउँमा पिङ बनाउन थालेपछि ल दशैं आएछ भन्ने अनुभव दिलाउँथ्यो अहिले त्यो सब हराएर गएको छ । कताकतै बाँसबाट बनाएका लिङ्गे पिङदेखिने गरेपछि झाँते, रोहोटे पिङ हराइसकेको उनले बताइन् । त्यसैगरी दशैंमा उडाइने चंगा पनि हराउन थालेको छ।






You might also like
Loading...