सहचालकले चलाएको बस ट्रकसंग ठोक्कियो,११ जना घाइते; ट्रकका चालकको ५ घन्टापछि मात्रै उद्धार संभव




नारायण खड्का,

दाङ, असोज १८ । पूर्वपश्चिम राजमार्ग अन्तगरगत दाङको देउखुरीमा बस र ट्रक आसपमा ठोक्किदा १२ जना घाइते भएका छ्न ।




दुर्घटनामा परि ट्रकका चालक प्युठान जिल्लाको सुरमारानी गाउँपालिका वडा नं. ४ बड्डाँडा निवासी २७ बर्षीय विजय गाहा र बसका सहचालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी २२ अरूण चौधरीको अवस्था गम्भीर रहेको छ । ट्रकका चालकको दुबै खुट्टा फ्याक्चर भएका छन् । उनको शनिवार विहान ७ बजेपछि मात्रै उद्धार संभव भएको हो ।

दुर्घटना पछि गाडि भित्रै फसेका ट्रकका गाहाको फलाम काटेर मात्रै उद्धार संभव भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए । ‘हामीले बसका चालकलाई विहान ४ बजेतिर नै उद्धार गरेर उपचारका लागि पठाएका थियौं,’ प्रबक्ता शाहले भने ‘ तर, ट्रकका चालकलाई फलाम काटेर निकाल्नु पर्ने भएको हुँदा झन्डै ५ घन्टाजति समय लाग्यो।’ दबुै चालकलाई उद्धार गरेर उपचारको लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।
उक्त दुर्घटनामा परि बसमा यात्रारत यात्रु कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. १० निवासी १९ वर्षीय प्रिति चौधरी र घोडाघोडी नगरपालिका वडा नं. १ निवासी १७ बर्षीया माया कुमारी उपाध्यायको स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।
दुर्घटनाका अन्य घाइतेहरु भने राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार भइरहेको तथा अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिवार विहान पौने ३ बजेतिर पुर्ब पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा पुर्बबाट पश्चिम तर्फ आइहेको ना १ ख ४७९३ को ट्रक र घनगडी बाट काठमान्डौं तर्फ जाँदै गरेको ना ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
घाइतेहरुले भने दुर्घटना भएको लामो समय सम्म उद्धारको लागि प्रहरी नआएको गुनासो गरेका छन् । झन्डै डेढ दुई घन्टापछि मात्रै प्रहरी घटनास्थल आएर उद्धार थालेको हुँदा घाइतेको अवस्था थप गम्भीर बन्न पुगेको एक जना स्थानीयले बताए ।

ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख गंगाबहादुर सारुले बसको लापरवाहीले उक्त दुर्घटना भएको जानकारी दिए । ‘बस सहचालकले चलाएको पाइयो । स्टेरीङमा घाइते अवस्थामा हामीले उद्धार गर्दा सहचालक नै थिए,’ प्रहरी निरीक्षक सारुले भने ‘बस पुरै रङ साईडमा गएर ट्रक संग ठोक्किएको छ।’ सरकारले लामो दुरीमा अनिवार्य रुपमा २ वटा चालक राख्न आग्रह गर्दै आएको छ । तर गाडिधनीहरुले भने दक्ष चालक राख्नुको सट्टा सहचालक बाटै काम चलाउन खोज्दा यस्ता दुर्घटनाको जोखिम बढेको जानकारहरु बताउँछन् ।



सम्बन्धित
Loading...