ओमान क्रिकेट सिरिजः नेपाल आज हङकङसँग खेल्दै
काठमाडौं, असोज १९–
ओमानमा जारी पाँच देश सम्मिलित टी–२० क्रिकेट श्रृङ्खला अन्तरगत दोस्रो दिनको खेलमा नेपालले आज (आइतबार) हङकङसँग खेल्दैछ । आफ्नो पहिलो खेल खेल्न लागेको नेपाल उच्च मनोबलमा रहेको छ । यस्तै हिजो पहिलो खेलमा आयोजक ओमानसंग पराजित भएको हङकङ आज दवाबमा छ ।
नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेपछि ओमानको अमेरटमा सुरु हुनेछ । त्यस्तै अर्को खेलमा ओमान र आयरल्याण्ड खेल्नेछन् ।
