कावासोतीको डण्डामा दुर्घटना, एकको मृत्यु, ३ जना घाइते (भिडियो सहित)




रामकुमार श्रेष्ठ – 
कावासोती । नवलपरासीको कावासोती १६ डण्डामा बस र बलेरो एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पश्चिमका लागि हिडेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बलेरो ठक्कर खाँदा बलेरो चालकको निधन भएको हो ।


उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बोलेरो चालक नवलपरासीको साविक जमुनिया गाविस ४ निवासी २५ बर्षीय बलिराम सुनारको मृत्यु भएको हो । मृतकको बोलेरो भित्रै च्यापिएकोले निकाल्न कठिन भएको थियो । राति साढे १०ः३० बजे दुर्घटना भएको भए पनि मृतकको शव राति सवा १ बजेतिर मात्र बोलेरोबाट निकालिएको घटना स्थलमा खटिएका ट्राफिक प्रेम श्रेष्ठले बताए ।
बेलेरोमा रहेको एक जना, बस चालक र बसका एक जना महिला यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बस डण्डामा रहेको छ ।
बस चालक र बस यात्रु दुई जना घाइतेको उपचार पछि घर फर्किएका छन् ।




https://www.youtube.com/watch?v=LQx3RNeO6x8&t=10s


 



सम्बन्धित
Loading...