बर्दघाट, असोज २३ ।दाउन्ने एस मोडमा बिहिवार (आज) साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृतकको पहिचान खुलीनसकेपनि उनको साथबाट फेला परेको चालक अनुमति पत्रमा रुपेन्द्र थापा उल्लेख रहेको घटनास्थलबाट ईलाका प्रहरी कार्यालय बर्दघाटका ईन्सपेक्टर हिम बहादुर केसिले सामुदायिक रेडियो परासीलाई जानकारी दिनुभयो । चालक अनुमती पत्रमा मृतकको ठेगाना मकवानपुर उल्लेख रहेको छ ।