दशैंकाे टीका लगाउने क्रम जारी
विजया दशमीको टीका मान्यजनहरुको हातबाट लगाउने क्रम जारी छ ।
विजयादशमीको शुभसाइत बुधबार नै सकिए पनि टीका लगाउने क्रम आज पनि जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । दशैको टीकामा आफूभन्दा ठूलाबडा, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने गरिन्छ ।

