नवलपरासीमा करेन्ट लागेर मृत्यु


पश्चिम नवलपरासीकाे बशहियामा बिहीबार  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
धर्मकाटा जडान गर्नको लागी खाल्टोमा जमेको पानी मोटरबाट निकाल्न प्रयोग गरेको विद्युतीय मोटरको तार सर्ट हुदाँ बसहिया बस्ने २२ बर्षिय अभिमन्यु सिहं  कुर्मीको ज्यान गएको हो ।



करेन्ट लागेर गम्भिर घाईते भएका कुर्मीलाई उपचारको लागी सामुदायिक अस्पताल निचलौल भारत लगिएपनि उक्त अस्पतालले रेफर  गरेपछि  पुन:उपचारको लागी सहिद स्मृती सामुदायिक अस्पताल चौपत्ता पुग्दा अस्पतालले मृत्यु  भईसकेको  पुष्टि गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
मृतकको सव पोस्टमार्टको लागी पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ।



सम्बन्धित
Loading...