६४ औं प्रहरी दिवसको अवसरमा नवलपरासीमा अमर प्रहरी परिवार सम्मान (फोटो फिचर)


नवलपरासी, २४ साउन ।
६४ औं प्रहरी दिवसको अवसरमा शुक्रबार कावासोतीमा अमर प्रहरी परिवार सम्मान कार्यक्रम गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको आयोजनामा भएको कार्यक्रममा अमर प्रहरीका परिवारलाई सम्मान गर्नुका साथै जिल्ला प्रहरी कार्यालय भित्र कार्यरत प्रहरीहरुबीच भएको विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा यस बर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीहरु प्रहरी नायव निरीक्षक टिकाराम पोख्रेल, प्रहरी नायव निरीक्षक कृष्णप्रसाद पाण्डे, प्रहरी सहायक निरीक्षक लेखनाथ सिग्देल, प्रहरी सहायक निरीक्षक प्रतिमान केसी, प्रहरी हवल्दार प्रेम प्रकाश घर्ती, प्रहरी जवान खड्कबहादुर थापा र प्रहरी जवान बुद्धि भुजेललाई नवलपरासीका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट, सामुदायक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणी भट्टराई, पूर्व प्रहरी संगठन नवलपुरका अध्यक्ष अमर विक लगायतले बोलेका थिए ।
कार्यक्रम नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेलको अध्यक्षतामा भएको थियो ।





सम्बन्धित
Loading...