कावासाेतीमा विद्यालयमा चोरीको घटना बढ्याे


वीरेन्द्र पराजुली – नवलपुर, २४ असोज । नवलपुरकाे कावासाेतीमा गत २० दिन यता ६ वटा विद्यालयमा चोरी भएको छ। गएराति मात्रै कावासाेती १६ काे दिपेन्द्र अाधारभुत विद्यालयमा चाेरी भएकाे छ । उक्त विद्यालयमा लाईबेरीका पुस्तकहरू चाेरी हुनुका साथै विद्यालयका कार्यालयकाे ढाेकाहरू ताेडफाेड भएकाे छ ।



कावासोती नगरपालिका भित्रका विद्यालयमा एकै प्रकृतिको चोरीको श्रृंखला बढेको यो पहिलो पटक हो । विद्यालयबाट महत्त्वपूर्ण कागजात सिसि क्यामरा, टि भि, लगायतका समानहरु चोरी भएको प्रहरीले जनाएको छ ।दिनहु जसो चोरीको घटना बढ्न थाले पनि प्रहरीले भने घटनामा सम्ग्लग्नलाइ पक्राउ गर्न सकेको छैन । कावासोती नगरपालिका २ मा रहेको शिव मा बव हप्ता दिनको अन्तरमा २ पटक चोरी भएको छ । यो विद्यालय जिल्ला प्रहरी कार्यालयको ५०० मि भित्र पर्दछ।

कावासोतीकै अर्को विद्यालय नबदुर्गा आधारभुत विद्यालयबाट चाेरीकाे श्रृंखला शुरू भएकाे हाे । यसरी विद्यालयमा चोरीको घटना बढन थाले पछि प्रहरीले अनुसन्धान लाई बढायकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । कावासोती ३ को जनबिकास विद्याश्रम अाधारभुत विद्यालयमा पनि यस अघि चाेरी भएकाे थियाे। यसरी दिनदिनै जसो विद्यालयमा चोरी बढ्न थाले पछि बासी त्रसित बनेका छन । प्रहरीले केही शंकास्पद ब्यक्तिलाइ अनुसन्धानका लागि समाते पनि अहिले सम्म कुनै प्रमाण फेला पारेको छैन ।



सम्बन्धित
Loading...