सेन्ट्रल कलेज मध्यबिन्दु कपको सेमिफाइनलमा

278








असोज, २४ नवलपुर ।
सेन्ट्रल कलेज भरतपुर चितवन प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा रामपुर रोड्स चितवनलाई ट्राईब्रेकरमा ४(२ गोल अन्तरले पराजित गर्दै सेन्ट्रल कलेजले अन्तिम चारको स्थान पक्का गरेको हो ।
खेल सुरु भएको पाचौ मिनेटमा रामपुरका दिपक भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरियो ।




पहिलो हाफको २१ औं मिनेटमा सेन्ट्रल कलेजका रन्जय चौधरिले बराबरी गोल फर्काएपछि खेलको निर्णय पेनाल्टी शुटआउटमा पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १(१ गोलको बराबरिमा सकिएपछि दोस्रो हाफमा थप गोल हुन सकेन ।
सेन्ट्रल कलेजले पर्सि २६ गते हुने नवलपरासी ११ र अभिषेक चर्च रजहर बिचको बिजेतासङ्ग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
आजको खेलको म्यान अफ दि म्याचका सेन्ट्रल कलेजका गोल रक्षक दिलमणी चौधरी भएका छन् । यस अघि हिजो भएको पहिलो क्वाटरफाइनल खेलबाट आयोजक चोरमारा युवा क्लबले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
भोलीको खेल फुलबारी गायज बुटवल र थ्री ब्रदर्स नारायणगढ चितबन बिच हुने आयोजकका अध्यक्ष श्याम पौडेलले जानकारी दिनुभयो । भोलिको बिजेता संग आयोजक चोरमारा युबा क्लबले फाइनल प्रबेशका लागि २७ गते प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल ३० गते हुनेछ ।
प्रतियोगिताको उपाधी बिजेताले २ लाख २२ हजार २ सय २२ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ । त्यसैगरि सेमि फाइनलबाट बाहिरीने दुइ टिमका लागि १५÷१५ हजार, बेष्ट प्लेयरलाई १० हजार र सर्वा्िधक गोलकर्तालाई ७ हजार नगद पुरस्कार दिइने आर्थीक संयोजक भिम हमालले बताए।




You might also like
Loading...