अग्याैली महिला सहकारीकाे साधारणसभा
नारायण पंगेनी –
कावासोती । कावासाेतीकाे डण्डामा रहेकाे अग्याैली सामाजिक उद्यमी महिला सहकारी संस्थाकाे दशाैं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ । कार्यक्रमको उद्घाटन गर्दै कावासाेती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले आगामी वर्ष सहकारी क्षेत्रमा नगरपालिकाले ठूलाे लगानी गर्ने साेंच बनाएकाे बताउनुभयाे ।
सबै सहकारीकर्मीलाई उद्यमी बनाउने याेजना आफुहरुकाे रहेकाे मर्दनियाकाे भनाइ छ । याे वर्ष न्यून बजेट भएकाले सहकारीमा लगानी गर्न नसकिएकाे उहाँले बताउनुभयाे ।
८ लाख ६१ हजार शेयरपँजी रहेकाे अग्याैली सामाजिक उद्यमी महिला सहकारीले ६ कराेड २३ लाख ४६ हजार बराबरकाे आम्दानी गरेकाे लेखा संयाेजक निर्मला पाैडेलले बताउनु भयाे । याे सहकारी संस्थाले कावासाेती १६ डण्डामा सुपथ मुल्यकाे सहकारी पसलसमेत सञ्चालन गर्दै आएकाे छ ।
सरस्वती पाैडेल अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बध्यवर्ती बचत तथा ऋण सहकारीका अध्यक्ष कमल गुराै, साना किसान कृषि सहकारीका अध्यक्ष प्रेमबहादुर बस्नेत, सहारा सहकारीकि सीता पाेखरेल, दीपेन्द्र आधारभूत प्राबिका निमित्त प्रधानाध्यापक नवलराज भुर्तेल लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।



