रोटर्याक क्लब गैडाकोटद्वारा नवलपुरको पर्यटकीय क्षेत्रको अवलोकन

310









शोभा जि.सि.

असोज २५ नवलपरासी । रोटर्याक क्लब अफ गैंडाकोटले नेपाल भ्रमण बर्ष २०२० लक्षित गरी पूर्वी नवलपरासीको धार्मिक पर्यटकीय स्थल देवचुली डाँडाको अवलोकन गरेेेको छ ।




शुक्रबारबाट यात्रा शुरु गरी शनिबारसम्म नवलपरासीको पर्यटकीय क्षेत्र देवचुली डाँडा, पोखरी ताल र धौवादीका विभिन्न क्षेत्रको अवलोकन गरी गैंडाकोट फर्किएको कार्यक्रम संयोजक विवेेेक गौतमले बताए।

उनले उक्त स्थानको पर्यटकीय सम्भावना प्रसस्त रहेपनि प्रचार अभावमा ओझेलमा परेको समेेेत बतााए ।

उक्त स्थान नेपालको तराइ बेल्टकै उच्च उचाइमा रहेको धार्मिक महत्व बोकेको गुफा समेत रहेकाले पदयात्राका उचित गन्तव्य बन्न सक्ने क्लबका अध्यक्ष शरद काफ्लेले बताए।

दुई दिने भ्रमणमा संकलित अनुभव एवम् श्रव्यदृश्य सामग्रीहरुलाई रोटरीको अन्तराष्टिय संजालमार्फत पनि सम्प्रेक्षण गरी नेपाल भ्रमण बर्ष २०२० को महाअभियानमा क्लबले सकेको योगदान गर्ने अध्यक्ष काफ्लेले बताए ।

२ दिने पर्यटकीय यात्रामा क्लबका १०जना सक्रिय युवाहरुको सहभागीता रहेको थियोे ।



You might also like
Loading...