नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ

196








रौतहट । प्रतिनिधिसभाका सांसद मोहम्मद अफताव आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसबाट रौतहटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी आलमलाई पहिलो संविधानसभाको अघिल्लो दिन आलमकै निवासमा भएको विस्फोटका विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले बम बनाउने क्रममा विस्फोट भइ ८ जना गम्भीर घाइते भएकोमा घाइते सबैलाई राजपुरस्थित इटाभटामा ज्युदै जलाएर बेपत्ता बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको बताए । बम विस्फोटका दुई जना अभियुक्तले घटनामा सांसद आलमको संलग्नताबारे बयान दिएपछि सोही बयानका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।



You might also like
Loading...