नेपाली कांग्रेस नवलपुरको शुभकामना तथा चियापान कार्यक्रम
नवलपरासी । नेपाली कांग्रेस नवलपुरले विजया दशमी दिपावली छठ, नेपाल सम्वत, ल्होसार क्रिसमस, माघी लगायत नेपाली चाडहरुको अवसरमा आइतबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले काँग्रेस भित्र आगामी दिनमा सुधार हुनु पर्नेमा जोड दिए ।

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्ने वक्ताहरुलेले नेपाली कांग्रेस पार्टीगत रुपमा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने जोड दिएका थिए ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सासंद रोशन गाहाले विकासकाको काममा राजनीति भन्दा पनि आपसि मेल मिलाप हुन आवस्यक रहेको कुरामा जोड दिए ।
बिपीले यसरी शुरु गरेका थिए ‘चियापान समारोह’
